१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

दुर्घटनामा घाइते भएका ८५ वर्षीय वृद्धको मृत्यु

भक्तपुर नगरपालिका वडा नं-९ च्यामासिंह चोकमा मंगलबार भएको दुर्घटनामा परी घाइते भएका एक जना ८५ वर्षीय वृद्धको बिहीबार मृत्यु भएको छ।

जगातीबाट लिवालीतर्फ जाँदै गरेको बा.३ ख. ६४०६ नं. को बसले पैदल यात्री लिवाली बस्ने वर्ष ८५ को विष्णुभक्त प्रजापतिलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएपछि उपचारको लागि ख्वप अस्पताल च्यामासिंह भक्तपुर लगिएकोमा थप उपचारको लागि वि. एण्ड. वि. अस्पताल रिफर भएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको परिसरका सूचना अधिकृत वसन्त पाठकले बताए।

ठक्कर दिने बस र चालक काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं- ७ दाप्चा घर भई हाल भक्तपुर च्यामासिंह बस्ने वर्ष २३ को राजन श्रेष्ठलाई नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमा राखिएको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ फाल्गुन २०८० १७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App