२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कार्यालयमै झुन्डिएको अवस्थामा डिएसपी मृत फेला

सशस्त्र प्रहरी बलका डिएसपी उपेन्द्र बस्याल आफ्नै कार्यालयको कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेका छन्।

सोमबार दिउँसो मोरङको धनपालथान–३ मा रहेको बोर्डर आउट पोस्ट (बिओपी)का प्रमुख बस्याल आफ्नो कार्यालयको कोठाभित्र झुन्डिएर मृत अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

उनका अनुसार घटना स्थलतर्फ प्रहरी पुगी सकेको छ। कार्यालयभित्र डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डिएसपी बस्यालको शव फेला परेको खबर प्राप्त हुनसाथ प्रहरी परिचालन गरिएको बताउँदै, डिएसपी दाहालले भने, ‘प्रहरी पुगेर घटना स्थल सुरक्षित बनाउनुका साथै अनुसन्धानको काम थालिसकेको छ। घटना स्थल बन्द गरिएको छ। पाल्पा घर भएका डिएसपी बस्यालको परिवारका सदस्यसँग समन्वय भइरहेको र उहाँहरू आएपछि मात्रै ढोका खोल्ने छौँ।’

घटनाबारे यथार्थ विवरण नआइ सकेको र थप कुरा अनुसन्धानपछि मात्रै आउने डिएसपी दाहालले बताए। 

प्रकाशित: २१ फाल्गुन २०८० १७:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App