१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

‘कमाण्डो’ तालिम अन्तर्गत नेपाल प्रहरीका प्रशिक्षार्थीले गरे बन्जी जम्प

नेपाल प्रहरीको ’प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम’ अन्तर्गत नवौं समूहमा तालिमरत प्रहरीहरू बन्जी जम्प गर्न कुश्मा स्थित द क्लिफ पुगेका छन्।

प्रहरी युक्ति तालिम महाविद्यालयले १ सय १४ जना प्रशिक्षार्थी प्रहरीहरूलाई  बिहीबार, शुक्रबार र शनिबारसम्म  बन्जी जम्प योजना रहेको छ। बिहीबार १२ जनाले जम्प गरेका छन् भने बाँकीले शुक्रबार र शनिबार जम्प गर्ने योजना छ। 

तालिम संयोजक प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलको संयोजनमा क्लिफमा प्रहरीहरूलाई बन्जी जम्प गराउन लागिएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए।

यसअघि समेत प्रहरीले तालिम अन्तर्गत विभिन्न साहसिक खेलहरूमा आफ्ना प्रहरीहरूलाई सहभागी गराउँदै आएको छ।

तालिम अन्तर्गत प्रहरीको यसअघि २ समूहले फरक फरक समयमा द क्लिफमै बन्जी गरेका थियो।   क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुसी भएको बताए।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ। सो बन्जी जम्पका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन्।

प्रकाशित: १८ फाल्गुन २०८० १८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App