१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

सांसद् बजगाईंले किन रोके उद्धार कार्य ?

घाइते र बिरामीको उद्धारमा कहलिएका गोर्खा क्षेत्र नं-१ का सांसद राजेन्द्र बजगाईंले अनायासै उद्धार कार्य नगर्ने घोषणा गरेका छन्।

पर्यटन व्यवसायीसमेत रहेका उनले मंंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत साे घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘मलाई उद्धारकालाई कल नगर्नू। २७ वर्षपछि मैले उद्धारबाट हात झिकेको छु। जिल्लामा धेरै दल छन्। हाम्रै दल सत्तामा उक्लेको छ। तिनीहरूले गर्लान्।’

उनले आफ्नो क्षेत्रमा मात्र नभई अन्यत्रका घाइते र बिरामीको उद्धारमा खटिने गरेका थिए। जहाँसुकै आपत् विपद् पर्दा उनलाई सम्झिने धेरै थिए। उनले आफू जहाँ भए पनि उद्धारका निम्ति तत्परता देखाउँदै आएका थिए।

बजगाईंका अनुसार अहिलेसम्म दुई सयभन्दा बढी घाइतेले नयाँ जीवन पाएका छन्। दुई हजारभन्दा बढी बिरामीहरुले विभिन्न हिसाबले उपचार पाएका छन्।

दुर्गम क्षेत्रबाट गरिरहेको उद्धार कार्य एकाएक रोक्नुमा भने आफ्नो कामबारे गरिएको टिप्पणी कारक रहेको उनले बताए।

‘मैले उद्धार गरेको भनेको हिमाली जडीबुटी ल्याएर बेच्नका निम्ति हो भनेर मेरै दलका नेताको सचिवालयमा कुरा भएको मैले थाहा पाएँ,’ उनले मंगलबार नागरिकसँग भने, ‘मेरो कामले दललाई समेत फाइदा हुन्थ्यो। तर, नचाहिने हल्ला चलाएपछि बदनाम हुनुभन्दा आफ्नो परोपकारी कार्य नै रोक्ने निर्णय गरेँ।’

उनले उद्धार नगर्ने भनेपछि धेरैले यसलाई निरन्तरता दिन आग्रह गरेका छन्। यस्तो राम्रो काम नरोक्न पनि भनिरहेका छन्।

प्रकाशित: १५ फाल्गुन २०८० २०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App