२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शंकास्पद वस्तु विस्फोट घटना: दुई जना पक्राउ

बाराको निजगढ नगरपालिकामा सोमबार दिउँसो रोहित वर्कशपमा भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ‍।

घटनाको अनुसन्धानको क्रममा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ पर्नेहरूमा भारत मोतिहारी बस्ने ४० वर्षका रमेश जयसवाल र निजगढ नगरपालिका-९ बस्ने २९ वर्षका टीकाराम पाखरिन रहेको न्यौपानेले बताए। दुवै जना सोही ठाउँमा ‘कवाडी किन्ने’ काम गर्ने गरेको उनले बताए।

बाराको निजगढ नगरपालिकामा सोमबार दिउँसो रोहित वर्कशपमा भएको विस्फोटमा परि घाइते भएका ६ जनामध्ये वर्कसप सञ्चालक निजगढ-५ का रेशम मगर, पर्साको वीरगञ्ज महानगरपालिका- ९ बस्ने २० वर्षीय रितु रजत र भारत गवाइका ३५ वर्षीय राकेश जयसवालसहित तीन जनाको मृत्यु भइसकेको छ।

घाइते तीन जनाको अझै उपचार जारी छ। वर्कसपमा ग्यास सिलिन्डर विबिस्फोट भएको भनिए पनि प्रहरी प्रवक्ता न्यौपानेले शंकास्पद वस्तु विस्फोट भएको बताए। यद्यपि, के विस्फोट भएको हो भन्ने बारेमा ल्याव परीक्षणपछि थाहा हुने उनले जनाए।

प्रकाशित: १५ फाल्गुन २०८० १५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App