२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङका ६ वटा कार्यालयकाे नेतृत्वमा महिला

बायाँबाट क्रमश: प्रमुख जिल्ला अधिकारीमा हीरादेवी पौडेल,न्यायाधीश निर्मला योङ्या र नापी कार्यालय प्रमुख रजिता श्रेष्ठ।

नेतृत्वमा महिला सहभागिता भएन भन्ने भनाइलाई ताप्लेजुङका ६ वटा कार्यालयको नेतृत्व सम्हालेका महिलाले असत्य सावित गरिदिएका छन्।

जिल्ला न्यायाधीशमा निर्मला योङ्या रहेकी छन् भने प्रमुख जिल्ला अधिकारीमा हीरादेवी पौडेल रहेकी छन्। पौडेल ताप्लेजुङको दोस्रो महिला प्रमुख जिल्ला अधिकारी हुन्।

बायाँबाट क्रमश: नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखा प्रबन्धक वसुन्धरा आचार्य, खाद्य व्यापार तथा कम्पनी लिमिटेडको शाखा प्रबन्धक, सुधा थापा र मैवाखोला गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देन।

उनीभन्दा अघि प्रजिअ रहेकी गोमादेवी चेम्जोङ यहाँको पहिलो महिला प्रमुख जिल्ला अधिकारी थिइन्। नापी कार्यालयको नेतृत्वमा रजिता श्रेष्ठ रहेकी छन्। उनीभन्दा अघि अर्चना केसी र सृजना कटुवालले नापी कार्यालयको नेतृत्व सम्हालिसकेका छन्।

यसैगरी मैवाखोला गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा लक्ष्मीमाया गोम्देन रहेकी छन्। शिक्षा अधिकृत रहेकी उनले गाउँपालिकाको प्रशासकीय नेतृत्वसमेत सम्हालिसकेकी छन्।  

नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखा प्रबन्धकमा वसुन्धरा आचार्य रहेकी छन् खाद्य व्यापार तथा कम्पनी लिमिटेडको शाखा प्रबन्धकमा सुधा थापा रहेकी छन्। आचार्य र थापा दुवैले पहिलोपटक प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्।

यसअघि जिल्ला सरकारी वकिल कार्यालयको नेतृत्वमा महिला नै थिए। जिल्ला न्यायाधिवक्ता मोना सिंह पदोन्नति भएर जिल्ला न्यायाधीश बनेपछि उनको जिम्मेवारी सर्‍यो।

प्रकाशित: १४ फाल्गुन २०८० १३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App