२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्याङ्करले ठक्कर दिँदा एकजनाको मृत्यु

ललितपुरमा ट्याङ्करले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ वर्षीया सुहायाङ राई रहेकी छिन्।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार आज बिहान ६ः४५ तिर महालक्ष्मी नगरपालिका वडा नम्बर ६ सानोगाउँमा बा ३ ख ८५८५ नम्बरको ट्याङ्करले बागमती प्रदेश ०२–०३४प ७३२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा राईको मृत्यु भएको हो।

स्कुटर चालक राईलाई दुर्घटनालगत्तै इमाडोलस्थित किष्ट अस्पताल पु¥याइएको थियो। तर,  ७ः३० बजे तिर चिकित्सकले उनलाई मृत घोषणा गरेको सुवेदीले बताए।

मृतक राई महालक्ष्मी नगरपालिका, शङ्खादेवीबाट बालकुमारीस्थित माइलस्टोन कलेज जाँदै गरेको पनि सुवेदीले बताए।

घटना पछि ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १४ फाल्गुन २०८० ०९:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App