२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पीडितले मुख्यमन्त्रीलाई सोधे ‘कहिले पाइन्छ राहत?’

मुख्यमन्त्री केदार कार्कीसँग हात्तीले घर भत्काएको लामो समयसम्म राहत र क्षतिपूर्ति नपाएको गुनासो गर्दै मोरङ केराबारी–९की सन्तमाया चुङमाङ।तस्बिर: विनोद/नागरिक

हात्ती कोरिडोर निर्माण गर्ने योजनाकासाथ पैदल यात्रामा रहेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हात्तीपीडितहरूले राहत नपाएको गुनासो गरेका छन्। हात्तीले घर भत्काएको, बाली नष्ट गरेको महिनौं बित्दा पनि राहत नपाएको पीडितहरूको गुनासो छ।

मोरङ केरावारीकी–९ की सन्तमाया तामाङले पैदल यात्रामा रहेका मुख्यमन्त्री केदार कार्कीलाई हात्तीले आफ्नो घर भत्काएको तीन महिना भइसके पनि राहत नपाएको गुनासो गरिन्।

सन्तमायाले हात्तीले घर भत्काएको तीन महिना बितिसक्दा पनि आफूले राहत नपाउँदा घर बनाउन नसकेको गुनासो गरिन्। उनले सोधिन् ‘मुख्यमन्त्रीज्यू राहत कहिले पाइन्छ।’

समयमै राहत नपाए बर्खाअघि नै घर बनाउन नसकिने चिन्ता उनलाई छ। एकल महिला भएका कारण सन्तमायाको परिवारमा अन्य कोही सहयोगी छैनन्। घर बनाउने सामाग्री महँगो पर्ने हुनाले राहत नपाए घर बनाउन सक्ने अवस्था नरहेको उनले बताइन्।

स्थानीय वडा कार्यालयले हात्तीले घर भत्काएका परिवारलाई घर निर्माणका लागि ५० हजार रूपैयाँ राहत दिने जनाएको थियो। सन्तमायाले पनि राहतको आशमा नाम टिपाएकी थिइन्। तर, अझैसम्म पनि राहत नपाउँदा घर बनाउन समस्या भएको उनले बताइन्।

उनले मुख्यमन्त्री कार्कीलाई चाँडो राहत दिलाइदिन आग्रह गरिन्। सन्तमाया मात्रै हैन झापा कचनकवल गाउँपालिका–३ का किसान विष्णु कट्टेलले पनि राहतका लागि प्रदेशस्थित वन मन्त्रालयमा निवेदन दिएका थिए।

गत भदौमा हात्तीले धानबाली नष्ट गरेपछि राहत र क्षतिपूर्तिका लागि निवेदन दिएका कट्टेलले अझैसम्म पनि क्षतिपूर्ति नपाएको गुनासो गरे। ‘गत भदौमा हात्तीको बथानले पोटाउँदै गरेको धान नष्ट गरेपछि क्षतिपूर्तिका लागि वन मन्त्रालयमा निवेदन दिएका थियौं। तर, अझैसम्म क्षतिपूर्ति पाइएको छैन।’

झापा, मोरङ, सुनसरी र उदयपुरका जंगलछेउका वासिन्दाहरू हरेक वर्ष भारतबाट आउने हात्तीबाट पीडित हुने गरेका छन्। संघ, प्रदेश र स्थानीय तहहहरूले हात्ती पीडितलाई राहत र क्षतिपूर्ति दिने कुरा सुनेका पीडितहरूले अझैसम्म राहत र क्षतिपूर्ति नपाएको मुख्यमन्त्री कार्कीलाई गुनासो गरेका छन्। उनीहरूले आफूले पाउने राहत चाँडै उपलब्ध गराई घर निर्माणमा सहयोग गरिदिन मुख्यमन्त्री कार्कीलाई आग्रह गरे।

यो वर्ष लामो समय भारतबाट आएको हात्तीको झुण्ड नेपालकै जंगलमा बसेका कारण जंगलनजिकका वस्तीहरू र बालिनालीमा निरन्तर क्षति पु¥याइरहेको स्थानीयको गुनासो छ। उनीहरूले हात्ती करिडोर बनाउन पैदल यात्रामा हिँडेका मुख्यमन्त्री कार्कीसँग हात्तीले पुर्‍याउने क्षति न्यूनीकरण गर्ने उपायबारे ध्यानाकर्षणसमेत गराएका छन्।

पीडितहरूको पीडा सुन्दै पैदल यात्रा गरिरहेका मुख्यमन्त्री कार्कीले हात्तीले घर, तथा बालिनालीमा क्षति पु¥याएका परिवारलाई उचित राहतको व्यवस्था गर्ने आश्वासन दिएका छन्। मुख्यमन्त्री कार्कीले आगामी बजेटमा हात्ती पीडितहरूका गुनासोको सम्बोधन गरिने स्पष्ट पारे। मुख्यमन्त्री कार्कीले हात्तीबाट पीडित, मृतकका परिवारहरू र स्थानीयसँग छलफल गर्दै पदयात्रा अघि बढाइरहेको बताए।

‘हात्ती नियन्त्रण गर्नुपर्ने र हात्तीमैत्री व्यवहार गर्नुपर्ने दुई धारणा रहेको पाइयो’ कार्कीले भने, ‘दुवै खालका मानिसहरूको बुझाइ समस्या र समाधानका उपायका विषयमा पैदलयात्राका क्रममा अध्ययन गरिएको छ।’

हात्तीलाई सीमामै नियन्त्रण गर्न सकिने अवस्था नरहेको कार्कीले बताए। विगतमा पनि हात्तीलाई भारतबाट नेपाल प्रवेश गर्न नदिन विभिन्न उपयहरू अपनाइएको तर, सबै प्रयास असफल भइसकेकाले हात्ती नियन्त्रणभन्दा पनि हात्तीमैत्री वातावरण आवश्यक रहेको कार्कीले बताए।

हात्तीलाई एक ठाउँमा रोके गाउँ पसेर अर्को ठाउँमा क्षति पु¥याउने गरेको पाइएको कार्कीले जानकारी दिए। कार्कीले हात्तीका लागि जंगलमै बस्ने वातावरण तयार पार्ने योजना रहेको छ।

कार्कीले भने, ‘कुन ठाउँमा पानीको पोखरी बनाउने, जंगलमा हात्तीका लागि खानेकुराको व्यवस्था कसरी गर्ने, हात्तीले बच्चा जन्माउने ठाउँलाई कसरी व्यवस्थित गर्ने हात्ती जंगलमै घुम्ने , खाने र रमाउने वातावरण बनाउन के–के गर्ने भन्ने कार्ययोजना सरकारले अब, तयार पार्नेछ।’

हात्तीले पुर्‍याएको क्षति न्यूनीकरणसँगै स्थानीय र बालीको बिमा गर्ने विषयमा पनि प्रदेश सरकारले स्थानीय तहसँग छलफल गर्दै पैदल यात्रालाई अघि बढाइरहेको छ। आगामि बजेटमा समस्या समाधानका लागि नीतिगत व्यवस्था गरिने मुख्यमन्त्री कार्कीले स्पष्ट पारे।

कार्कीले पदयात्राका क्रममा भेटिएका हात्तीबाट पीडितहरूले स्थानीय तहले दिने भनेको राहत चाँडो पाउने व्यवस्थाका लागि पहल गरिदिन आफूलाई आग्रह गरेको बताए।

कार्कीले स्थानीयको गुनासो सुनेर समस्या समाधानका लागि आफूले पलहसमेत गरिरहेको र स्थानिय जनप्रतिनिधिले चाँडै राहत रकम उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाइसकेको मुख्यमन्त्री कार्कीले स्पष्ट पारे। झापाको बाहुनडाँगी देखि उदयपुरको वेलसोतेसम्मको हात्तीमैत्री पदयात्रामा कोशी प्रदेशका मुख्यमन्त्री केदारकार्की, पर्यटन, वन त

प्रकाशित: १४ फाल्गुन २०८० ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App