२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पशुपति क्षेत्रको जग्गा खोज्न पूर्व सचिव रेग्मीको नेतृत्वमा समिति

पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वमा समिति बनेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति बनाएको हो।

मन्त्रालयले आइतबार ५ सदस्यीय समिति बनाएको हाे। सदस्यहरुमा पूर्व सहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयको उप सचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु केसी रहेका छन्।

गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छवि कालबाटै विभिन्न दाताहरूले दान गरेको जग्गा पछिल्ला समय व्यक्तिले हडप्ने क्रम बढेसँगै खोजीका लागि समिति बनाइएको हो।

काठमाडौँ उपत्यकामा रहेको जग्गा व्यवस्थापनका लागि क्षेत्र विकास कोषले काम अगाडी बढाई सकेको छ। अवैधरुपमा बनेको संरचना भत्काउन थालिनै सकिएको छ। पशुपतिनाथको नाममा देश भरनै जग्गाहरू रहेका छन् यसलाई व्यवस्थित गर्न उच्च स्तरीय समिति गठन गरिएको मन्त्री सुदन किराँतीले बताएका छन्।

प्रकाशित: १३ फाल्गुन २०८० १८:१६ आइतबार

पशुपति क्षेत्र विकास कोष