१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हत्या गरी गाडिएका कुर्मीको टाउको ६ दिन पछि फेला

कपिलवस्तु नगरपालिका वडा नम्बर ४ पिपरी गाउँको कुलोमा हत्या गरी गाडिएको युवकको शवको टाउको ६ दिन पछि फेला परेको छ।

शुक्रवार दिउसो शव भेटिएको स्थल भन्दा २ सय मिटर पूर्व तर्फ कुलोमा जलाएर गाडिएको अवस्थामा टाउको फेला परेको हो।

गत फागुन ५ गते महाराजगंज नगरपालिका– ६ भलवारीका २७ वर्षीय शिव कुमार कुर्मीको निर्मम हत्या गरिएको थियो। हत्या गरी शवलाई जलाएर कुलोमा गाडिएको थियो। शवको घुँडाको भाग आइतबार र पुरा शरीर सोमवार देखिएको थियो। टाउको भने शुक्रवार दिउसो मात्र फेला परेको प्रहरी नायब उपरीक्षक हरि बहादुर ओलीले बताए। टाउको गाड्नु अघि जलाइएयो थियो। टाउको गाडेको स्थान किनारमा खरानी समेत भेटिएको छ । प्रहरी टोलीले टाउकोलाई निकालेर पोस्टमर्टकालागि प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरी नायब उपरीक्षक ओलीले बताए। शवको भने पोस्टमार्टम पछि परिवारले बुझेर सदगद गरी सकेका छन्।

युवकको हत्याको आरोपमा स्थानीय पुष्पादेवी (गुडिया) उपाध्याय र श्याम कुमार उपाध्यायलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि बहादुर वलीले बताए। उनीहरुलाई गत सोमवार पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान प्रकृया अघि बढाइएको उनले बताए। प्रहरीले हत्यामा प्रयोग भएका २ बन्चरो, कुदोलो लगायतका घरेलु हतियार लगायतका विभिन्न सामानहरू समेत बरामद गरेको छ। घटना अनुसंधानलाई तीव्र बनाइएको र फरार अभियुक्तको खोजी कार्य समेत जारी रहेको ओलीले बताए। पक्राउ परेकी विवाहित महिला र मृतक बिच सम्बन्ध रहेको र सोही सम्बन्ध कै कारण घटना भएको प्रहरीको भनाई छ। पक्राउ परेकी महिलाको विवाह भलवारी भएको र पिपरी माइत हो। महिलाको श्रीमान् विदेशमा छन्।

मृतक कुर्मीको श्रीमती, ४ बर्षिया छोरी र ढाई महिने छोरा छन्। घटना योजनाबद्धरुपमा गरिएको प्रहरीले जनाएको छ। हत्याका दिन मृतक र हत्याराहरू बिच शव गाडिएको स्थल भन्दा ढाई सय मिटर उत्तर तर्फको खेतमा संघर्ष भएको निशान समेत भेटिएको छ। त्यही किनामा रगत समेत फेला परेको छ। प्रहरी उपरीक्षक नवरत्न पौडेलले घटना बारे पत्रकार सम्मेलन गरी जानकारी गराउने बताए। मृतककी श्रीमती उर्मिलाले आफ्नो श्रीमानको निर्मम हत्या गर्ने हत्यारालाई कडा कारबाही गर्नु पर्ने माग गरिन। 

प्रकाशित: ११ फाल्गुन २०८० १८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App