५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भारतीय लरी दुर्घटनामा ३ बालबालिकाको मृत्यु, १ घाइते (अपडेट)

मोरङको बुढीगंगा गाउँपालिका–४ को प्रगति टोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा ३ जना बालबालिकाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

शुक्रवार बिहान ६ बजेतिर मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको भारतीय ट्रक साँघुरो सडकमा पल्टिँदा दुर्घटना भएको थियो। घटनास्थलबाट मृत ३ बालबालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। अन्य १ जना घाइते भएका छन्।

शवको पोष्टमार्टमका लागि कोशी अस्पताल लगिएको मोरङ प्रहरीका प्रवत्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

घाइतेलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा पठाइएको पनि उनले बताए।

कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लरी घरमा पल्टिएको थियो। जसका कारण घरमा भित्र बसेका चार जनालाई मालवाक सामान बोकेको लरीले थिचेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०८० १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App