१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पपीडितलाई अस्थायी आवासकाे दोस्रो किस्ता निकासा

जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितलाई राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम निकासा गरेको छ।

दोस्रो किस्ता उपलब्ध गराउन थप ९० करोड रुपैयाँ निकासा भएको हाे। यसमध्ये ५० करोड जाजरकोट र ४० करोड रुकुम पश्चिमका जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइएको छ।

अस्थायी आवास निर्माण गर्न अहिलेसम्म कुल ३ अर्ब १६ करोड रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएकाे छ। हालसम्म पहिचान भएका लाभग्राहीको संख्या ८२ हजार ९३७ पुगेको छ। 

प्राधिकरणका अनुसार हालसम्म ४८ हजार ५६५ आवास बनिसकेका छन् भने निर्माण भइरहेका अस्थायी आवासको संख्या ७ हजार ८३३ रहेकाे छ।

प्रकाशित: १० फाल्गुन २०८० २०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App