२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बाघको आक्रमणबाट २ जना घाईते

फाइल तस्बिर

जीतपुर सिमरा उपमहानगरपालिकामा बाघले आक्रमण गर्दा २ जना घाइते भएका छन्। उपमहानगरपालिका–१६ भद्रकालीस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बुधवार राति बाघले आक्रमण गर्दा मोटरसाइकलमा सवार २ जना घाइते भएको प्रहरीले जनाएको छ।

पथलैयाबाट रौतहट तर्फ जादै गरेको ना ३६ प ५०११ नम्बरको मोटरसाइकलमा सवार रौतहट बौधिमाई नगरपालिका ३ का कृष्ण साह र राजु साह रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दाधिराम न्यौपानेले बताए।

उनका अनुसार घाइतेहरूको हात र टाउकोमा चोट लागेको र उनीहरु सामुदायिक अस्पताल निजगढमा उपचार पछि घर फर्किएका छन्।

प्रकाशित: १० फाल्गुन २०८० ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App