२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जन्ती बोकेको जिप दुर्घटना हुँदा दुईको मृत्यु, १६ जना घाइते

तनहुँको आँबुखैरेनी गाउँपालिका– १ गिरौनचोरस्थित भित्री सडक खण्डमा आज बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ 

बरादी–हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।

मृत्य हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। अनियन्त्रित भई सडकबाट खसेको जिप अन्दाजी पाँच सय मिटर तल पुगेको थियो।

दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। –रासस

प्रकाशित: ७ फाल्गुन २०८० ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App