२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

इञ्जिनियरिङमा महिलाको उपस्थिति बढाउन स्कुलमै पुगे महिला

इञ्जिनियरिङ क्षेत्रमा महिला कर्मचारीहरूको उपस्थिति जम्मा १३ प्रतिशत छ। जब कि, निजामती क्षेत्रमा महिलाको उपस्थिति करिब २० प्रतिशत छ।

त्यसैले इञ्जिनियरिङ क्षेत्रमा महिलाको उपस्थिति बढाउन तथा यस क्षत्रमा अध्ययन गर्न महिला विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यबाट नेपाल इञ्जिनियरिङ एसोसिएसनको वुमन इञ्जिनियरिङ वेलफियर एण्ड कोर्डिनेशन कमिटीले स्कुल-स्कुलमै गएर कार्यक्रम गरेको छ।

यही हप्ता उक्त कमिटीमा रहेका महिला इञ्जिनियरहरूले रामेछापमा रहेको श्री दहु सेकेण्डरी स्कुल सुनपाटीमा गई स्कुले विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका छन्।

विज्ञान, इन्जिनियर, प्रविधि तथा गणित विषयमा महिलाको उपस्थिति बढाउनका लागि प्रोत्साहित गर्ने उद्देश्यबाट उक्त कार्यक्रम गरिएको कोर्डिनेशन कमिटीका अध्यक्ष कल्पना सुबेदीले बताइन। उनका अनुसार उक्त कार्यक्रम निकै प्रभावकारी भएको थियो।

उक्त कार्यक्रममा सहभागी महिला इञ्जिनियरहरूले स्कुले विद्यार्थीहरूसँग आफ्नो अनुभव, इन्जिनियर पढ्न कहाँ जानु पर्ने, पढनको लागि के-के विषयमा ज्ञान हुनु पर्ने, पढे पछि के फाइदा हुने, इन्जिनियरहरूको भविष्य कस्तो हुने, यस क्षेत्रमा पढ्न कति लगानी गर्नु पर्ने, लगायतका विषयमा विस्तृत रुपमा जानकारी गराएका थिए।

स्कुले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न इञ्जिनियरहरू कल्पना अधिकारी, कुशलता न्यौपाने, आशा खनाल, शकुन्तला सुबेदी, अनिता पन्थी, रश्मिता वन्जारा, प्रतिभा ढकाल तथा लक्ष्मी पाण्डे रामेछाप पुगेका थिए। 

यसैगरी उक्त कार्यक्रममा इञ्जिनियरिङ विषयमा अध्ययन गरिरहेका संगिता भुषाल र सुस्मिता रेग्मी पनि सहभागी भएका थिए। उनीहरूले पनि आफ्नो अनुभव सुनाएका थिए।

प्रकाशित: २ फाल्गुन २०८० १९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App