४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

३० वर्षदेखि अलपत्र खलङ्गा चप्परगौरी सडक ठेक्का प्रकृया सुरु

मध्यपहाडी जिल्लालाई तराई र भारतीय सीमासम्म जोड्ने खलङ्गा, कालीमाटी–चम्परगौरी सडकले यो वर्षदेखि तीव्रता पाउने भएको छ।

सल्यान सदरमुकाम खलङ्गाबाट बाँकेको कोहलपुर हुँदै भारतीय सीमा जमुनाहसम्म जोड्न तीन दशक अघिदेखि निर्माण कार्य थालिएकोमा यो वर्षदेखि तीव्रता पाउने भएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारसँग पनि समन्वय गरेर करिब ५० करोडको टेन्डर आह्वान भएको छ। सल्यान झिगाने बालुवातर्फ ४० करोडको टेन्डर आह्वान भएको छ भने बाँकेको चप्परगौरीबाट करिब १० करोड बरावरको टेन्डर आह्वान गरिएको मन्त्री प्रकाश ज्वालाले बताए।

‘यो सडक सल्यान, रुकुमजस्ता पहाडी जिल्लाका लागि लाइफलाइन हो तर रकम अभाव र निकुञ्जका कारण निकै निकै समस्या थियो, अहिले त्यो समस्या हल भएको छ’ मन्त्री ज्वालाले भने। बाँकेको कोहलपुरमा जनप्रतिनिधि र स्थानीयबासीहरुलाई अब यो सडक बन्नेमा कुनै शंका नगर्न मन्त्री ज्वालाले आग्रह गरेका छन्। साथै सडकको अनुगमन पनि गरिएको छ।

बाँकेको चप्परगौरीतर्फबाट निर्माण कार्य सुरु भइसकेको छ भने सल्यानतर्फबाट भर्खरै टेन्डर आह्वान गरिएको छ। करिब १ सय किलोमिटर सडक बन्न निकै समय लागेपनि अब भने बन्ने निश्चित भएको छ। मध्यपहाडी जिल्लाका लागि यो सडक व्यापारिक कोरिडोरका रुपमा हेरिएको छ।

प्रकाशित: २८ माघ २०८० १७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App