१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

मेयर सिंहले श्रीमती स्विकारेकाे २४ घण्टा नबित्दै सम्बन्ध विच्छेदको मुद्दा

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध उनकी कान्छी श्रीमती रिता भट्टराइले पर्सा जिल्ला अदालतमा आइतबार आज सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन्।

शनिबार गृह मन्त्रालयको टोलीले गरेको सोधपुछको क्रममा प्रमुख सिंहले रिता भट्टराई नाम गरेकी आफ्नी कान्छी श्रीमती भएको खुलासा गरेका थिए। तर सोधपुछको २४ घण्टा नबित्दै उनीविरुद्ध उनकी कान्छी श्रीमती भट्टराइले आज बिहान अंश दिलाई सम्बन्ध विच्छेद समेत गरि पाउ भनी मुद्दा दर्ता गराएकी छिन्।

पर्सा जिल्ला अदालतका सूचना अधिकारी अमृत मिश्रका अनुसार रिता भट्टराइले राजेशमान सिंहविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन्। निवेदन दर्ता भएको कागजातमा विवाद दर्ताको कागजात पेश नभएको उनले बताए।

‘निवेदन दर्ता भइसकेको छ अब कानुन बमोजिम म्याद जान्छ, त्यसपछि दुवै पक्षले के भन्नुहुन्छ सोही अनुसार श्रीमती स्विकार गरेर मिलापत्र गरेपछि भोलि नै सम्बन्ध विच्छेद हुन्छ,‘ उनले भने,‘ यो वहाँहरुको बिचको कुरा हो।’

निवेदनमा उनकी कान्छी श्रीमती भट्टराई सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका वडा नं. १० मा जन्मिएको र वीरगन्ज महानगरपालिका वडा नं ३ मा बस्ने राजेशमान सिंहकी श्रीमती रहेको खुलाइएको छ

दुवैको प्रेम विवाह २०५७ सालमा भएको र २०५९ सालमा छोरी रुबिनाको जायज जन्म भएको जनाइएको छ।

प्रकाशित: २८ माघ २०८० १६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App