१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पलाँंसेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको पलाँसेमा बस र मोटरसाइकल जुध्दा एकजनाको मृत्यु भएको छ।

साँगाबाट जगातीतर्फ आउँदै गरेको बा २ ख ९४५४ नम्बरको भाडाको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ७८ प ३१५५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक मुकुन्दप्रसाद तिमल्सिनाको मृत्यु भएको हो।

काभ्रेको धुलिखेल नगरपालिका ७ बाँसघारी घर भएका भएका उनलाई घाइते भएपछि मध्यपुर अस्पताल भक्तपुर लगिएकोमा उपचारकै क्रममा उमृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलको प्रारम्भिक अनुसन्धान कार्य गरिएको भक्तपुर प्रहरीपरिसरले जनाएको छ।

दुर्घटना भएको मोटरसाइकल, बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी परिसरका सूचना अधिकृत वसन्त पाठकले बताए। प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २८ माघ २०८० १३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App