२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

२५ लाखमा निर्माण गरिएको माछापोखरी अलपत्र

कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–८ को तिला नदी किनारमा दुई वर्ष अघि निर्माण गरिएको २५ लाख रुपैयाँको माछापोखरी अहिले अलपत्र अवस्थामा छ।

प्रदेशको पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले सरकारी अनुदानमा निर्माण गरेको २५ लाख रुपैयाँको पोखरी अलपत्र परेको हो।

शाहीका तत्कालीन स्वकीय सचिव अम्मराज सेजुवालको अध्यक्षतामा समिति बनाएर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा निर्माण सुरु गरिएको थियो। २५ लाखमा निर्माण गरिएको माछा पोखरी अहिले माछा नभएर सुख्खा रहेको र पोखरी बनाएदेखि माछा पालन समेत गरिएको छैन। पोखरी निमार्ण सक्काएर रकम भुक्तानीको लागी मात्र पोखरी बनाइएको स्थानीय भीम आचार्यको भनाई छ।

सरकारी अनुदानको दुरुपयोग भएको स्थानीय रामबहादुर विकले बताए। ‘केवल अनुदान खानका लागि बनाएको माछा पोखरी अहिले सञ्चालनमा आएको छैन’ उनले भने।  माछापोखरी बनाउनका लागि प्रदेश सरकारको अनुदान बनेको कसले के कामका लागि बनाएको हो त्यसको कुनै जानकारी नभएको शुभकालिका गाउँपालिका वडा नं. ८ का वडा सचिव वीरेन्द्रबहादुर शाहीले बताए।

तत्कालीन कर्णाली प्रदेशको पूर्व भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पालमा बनेका अधिकांश पोखरीहरू अहिले पनि अलपत्र अवस्थामा रहेका छन्। उनकै पालामा आफन्त रिजाउन नातेदारलाई योजना बाडेको आरोप उनलाई छ।

उक्त ठाउँमा माछा पोखरी आवश्यकता भएकाले आफू मन्त्री हुँदा बजेट छुटाएको नेता कुर्मराज शाहीले बताए। उनले प्रदेश सरकारमा आफू मन्त्री हुँदा आफुले बजेट दिएको र बाकी भूमिका कृषि विकास कार्यालयको रहेको बताए।

यो पोखरी निमार्णको लागी जिल्ला कृषि विकास कार्यालयले उपभोक्ता छनोट गरी योजना दिएको थियो। कृषि विकास कार्यालयले अनुगमन र निरीक्षण नगर्दा अहिले पनि यो पोखरी अलपत्र छ। कृषि विकास कार्यालयले निमार्ण गरेका विभिन्न योजनाहरू अलपत्र छन्।

प्रकाशित: २६ माघ २०८० १७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App