१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सार्वजनिक स्थलमा फोहोर वर्गीकरण ‘बिन सेट’ राख्दै काठमाडौं महानगर

सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाडौँ महानगरपालिकाले १ हजार ९५० सेट संकलन बिन राख्ने भएको छ।

महानगरका अनुसारएउटा सेटमा २ वटा बिन हुन्छन्। यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि हो।

‘उत्पादन भएकै ठाउँमा फोहोरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको हो।’ वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुन्छ। छुट्टिएको फोहोर छुट्टाछुट्टै संकलन गर्न रङ्ग सङ्केतसहितको सवारी साधन तयारी गरिसकेका छौँ।’

यसरी राखिने सेटहरू २ प्रकारका छन्। पहिलो खाले सेट सानो आकारको हो। यसमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ। १ दशमलव २ मिटर उचाइ, १ दशमलव २३ मिटर चौडाइ र २५ दशमलव ५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन्। यसमा राखिने स्ट्याण्डको मूल्य ५ हजार १५० रुपैयाँ र डस्टबिन प्रति गोटा मूल्य २ हजार ९५० रुपैयाँ हो। यस्ता बिन ३ सय सेट राखिनेछन्।

मध्यम आकारका सेटमा १ दशमलव ३ मिटर चौडाइ र १ दशमलव ४ मिटर उचाइ भएको स्ट्याण्ड हुनेछ। १२५ लिटर क्षमताका २ वटा बिन राखिनेछन्। यसमा प्रयोग हुने स्ट्याण्डको मूल्य ५ हजार ४५० रुपैयाँ र बिनको मूल्य ३ हजार ८९० रुपैयाँ हो।

यी सेटहरू वडासँग समन्वय गरेर फोहोर व्यवस्थापन कार्यमा खटिने नाइकेहरुको जिम्मामा राखिनेछ। हरेक सेटमा नम्बर दिइएको छ। यसका आधारमा कुन सेट कसको जिम्मामा छ भन्ने थाहा हुन्छ। 

प्रकाशित: २५ माघ २०८० १७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App