२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

वडाध्यक्षले कुटे प्राविधिक

भानु माध्यमिक विद्यालयमा प्राविधिक मूल्यांकन गर्दै प्राविधिक लिलाराज धामी। तस्बिर: नागरिक

खजुरा गाउँपालिकाका प्राविधिक लिलाराज धामीमाथि हातपात भएको छ। खजुरा गाउँपालिका–५ का वडाध्यक्ष गरिबे शेषले आज दिउँसो प्राविधिक धामीमाथि कार्यक्षेत्रमै हातपात गरेका हुन्।

खजुरा गाउँपालिका–६ मा अवस्थित भानु माध्यमिक विद्यालयमा सम्पन्न भएको माटो पटान कामको प्राविधिक मूल्यांकन गर्न गएका प्राविधिक धामीमाथि वडाध्यक्ष गरिबेले आफ्नो कमजोरी ढाकछोप गर्न कुटपिट गरेको स्रोतले जनाएको छ।

वडाध्यक्ष गरिबे वडा नम्बर-५ का वडाध्यक्ष हुन्। उनी करिब १४ वर्षदेखि वडा नम्बर-६ मा रहेको भानु माध्यमिक विद्यालयको  व्यवस्थापन समितिको अध्यक्ष समेत छन्।

गाउँपालिकाले माटो पटानका लागि दुई लाख रुपैयाँ रकम विनियोजन गरेको थियो। ‘पालिकाबाट विनियोजित रकम बराबरको काम भएको छ कि छैन भनेर प्राविधिकले मूल्यांकन गरिरहेका थिए,’ स्रोतले भन्यो, ‘प्राविधिक मूल्यांकन भइरहेको अवस्थामा वडाध्यक्ष गरिबे आइ धरपकट पारि कुटपिट गर्नुभयो।’ वडाध्यक्ष गरिबेले नापजाँच नगरी प्राविधिक मूल्यांकन गर्न दबाब दिइरहेको बताइएको छ।

प्राविधिकको गाला र माथिल्लो ओट सुनिएको छ। वडाध्यक्ष गरिबेले प्राविधिकलाई कुटपिट गरेपछि खजुराका प्राविधिकहरूले कामकाज ठप्प पारेका छन्। इलाका प्रहरी कार्यालय धनौलीमा उनीहरु वडाध्यक्ष गरिबेविरुद्ध उजुरी हाल्न पुगेका छन्।

यता वडाध्यक्ष गरिबेले भने हातपात नभई सामान्य वादविवाद मात्र भएको दाबी गरे। ‘इस्टिमेटअनुसार काम गरेका थियौँ,’ उनले भने, ‘इस्टिमेटअनुसार काम भएको छ भने किन खनेर हेर्नु पर्‍यो ?।’ 

खनेर हेर्दा फेरि खाल्डो पुर्दा घाटा हुने भन्दै उनले भने, ‘त्यसो नगर्नुभन्दा उल्टै प्राविधिकले मलाई औँला उठाएर कुरा गर्नुभयो। खन्नु भनेर मलाई काम लगाउनु भयो। एउटा प्राविधिकले वडाध्यक्षलाई औँला उठाएर काम लगाउने हो ?’

प्रकाशित: २४ माघ २०८० १६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App