१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

सार्वजनिक जग्गा मिचेर बनाइका संरचनामाथि महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गामा बनाइएका संरचना डोजर प्रयोग गरी हटाएको छ।

आइतबार काठमाडौं महानगर-३१ आलोकनगरस्थित सार्वजनिक जग्गा मिचेर बनाइका संरचनामाथि महानगरले डोजर चलाएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

‘नेपाल सरकारको नाममा रहेको सार्वजनिक जग्गामा अवैध रुपमा सटर राखेर व्यापार गरिरहेको भेटिएपछि डोजर चलाएका हौं। हामी सातदिन अघि देखि माइकिङ गरेर जग्गा खाली गर्न भनेका थियौं, अटेर गरेपछि डोजर चलायौँ’ उनले नागरिक न्युजसँग भने।

उनका अनुसार १४ वटा टहराहरूमाथि डोजर चलाइएको छ। त्यहाँ केही सार्वजनिक जग्गा मिचेर संरचना बनाइएका थिए भने केही नक्सा पास नगरी संरचनाहरू बनाइएकाे थियाे।

प्रकाशित: २१ माघ २०८० १७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App