२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरी जवानले गरे श्रीमती र साढे दुई वर्षका छोराको हत्या

दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ वर्षीय छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टिका बिक र साढे दुई वर्षीय छोरा शुशान्तको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लका अनुसार पिमलालले घोराही स्थित एक होटेलमा श्रीमती र छोराको हत्या गरेका हुन्। रोल्पा रुन्टिगढीका पिमलाल श्रीमती टिका र छोरा शुशान्तसँग गयराति घोराही स्थित एक होटेलमा बास बसेका थिए। श्रीमती र छोरा शनिवार मात्रै रोल्पाबाट घोराही आएका थिए।

आज बिहान पिमलालले श्रीमती टिका र छोराको हत्या गरेको डिएसपी मल्लले जानकारी दिए। श्रीमती सहित छोराको हत्या गरेका पिमलाल आफै जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूले हत्या गरेको जानकारी गराएका थिए।

‘मैले श्रीमती र छोराको हत्या गरेँ भनेर प्रहरी जवान कार्यालयमा भन्न आएको थियो,’ डिएसपी मल्लले भने, ‘पछि उसले भनेको होटेलमा गएर हेर्दा श्रीमती टिका र छोरा शुशान्तको शब होटेलको कोठामा फेला पर्यो।’ 

उनका अनुसार पीमलालले श्रीमती टिका र छोराको घाँटी सलले कसेर हत्या गरेको देखिएको छ। हत्याको एकिन कारण खुलिनसकेको प्रहरीले जनाएको छ। प्रहरी जवान पिमलाल प्रहरीको नियन्त्रणमा रहेको र उनिसंग घटना बारे अनुसन्धान भैरहेको डिएसपी मल्लले जानकारी दिए।

प्रकाशित: २१ माघ २०८० १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App