५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सुन व्यापारी पक्राउ पछि व्यावसायीहरु आन्दोलित, बन्दकाे घोषणा

राजश्व छली गरेको आरोपमा जनकपुरधामबाट पक्राउ परेका चार जना सुन व्यापारीहरूको पक्षमा यहाँका सुनचाँदी व्यावसायीहरु पसल बन्द गरेर आन्दोलन थालेका छन्।

बुधबार साँझ जनकपुरधामस्थित सोनरपट्टी बजारमा टायर बालेर उनीहरुले प्रहरीको पक्राउ विरुद्ध विरोध जनाएका हुन्।

प्रहरीले गलत मनसायले कालिगढसहित दुई जना सुन व्यवसायीलाई पक्राउ गरेको भन्दै रिहाइको माग गर्दै व्यावसायीहरु आन्दोलनमा उत्रेका छन्। यती मात्र हाेइन, सुनचाँदी व्यावसाय संघले भोलि जनकपुर बजार बन्द गराउने घोषणा समेत गरेकाे छ।

धनुषा प्रहरीले बिल (रसिद) बिना सुन ल्याएको भन्दै जनकपुरका पसल संचालक बलराम साहसहित चार जनालाई पक्राउ गरेका थियो। उनीहरुले ल्याएको सुनको बिलबिजक माग्दा देखाउन नसकेपछि पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता एव डिएसपी रंञ्जन अवाले जानकारी दिए।

उनीहरुलाई राजस्व छलेको आशंकामा पक्राउ गरि आवश्यक अनुसन्धानका लागि राजस्व कार्यालय पथलैया पठाइएको छ।

बुधबार पुनः बलरामसहित अन्य एक जना व्यवसायीलाई प्रहरीले पक्राउ गरी चारै जनालाई राजस्व कार्यालय पथलैया पठाएपछि व्यावसायीहरु आन्दोलित बनेका हुन्।

गत सोमबार सिरहाको मिर्चैयाबाट दुई जना कालिगड सुनको गहना पुर्‍याउन जनकपुर आएका थिए।गहना पुर्‍याएर फर्किने क्रममा जनकपुरस्थित कलबार कुटीबाट उनीहरु पक्राउ परे। प्रहरीले सुनको बारेमा सोधपुछ गरेपछि कालिगड द्वयले बलराम ज्वर्लस र अरुण ज्वलर्समा पुर्‍याएको बयान दिएका थिए।

त्यसपश्चात् ती पसलबाट प्रहरीले १० तोला सुन बरामद गर्‍यो, पसल सञ्चालकले बिलबिजक उपलब्ध गराउन नसकेपछि उनीहरु पनि पक्राउ परे।

सुन व्यवसायीहरुलाई पक्राउ गरि थप अनुसन्धानका लागि राजस्व कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ माघ २०८० १५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App