१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

माघ २२ मा देशभरका फिल्म हल बन्द

नेपाल चलचित्र संघले सरकारले लगाएको अव्यावहारिक कर खारेजी माग गर्दै एक दिन देशभरका फिल्म हल बन्द गर्ने भएको छ।

मंगलबार संघको कार्यालयमा बसेको बैठकले सरकारले लगाएको अव्यावहारिक कर खारेजी माग गर्दै सांकेतिक रूपमा देशभरका फिल्म हल आगामी माघ २२ गते बन्द गर्ने निर्णय गरेको महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनले जानकारी दिए।

संघले फिल्म क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारेको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागु भएपछि अन्य कर लगाउन नमिल्ने संहिताविपरीत अन्य कर लगाइएको आरोप लगाएको छ।

चलचित्र विकास बोर्ड स्थापना हुनुपूर्व देशभर ४५० हल भए पनि हाल १५० हल मात्र सञ्चालनमा रहेको संघले जनाएको छ।

महासचिव महर्जनले कोरोना महामारीका कारण फिल्म क्षेत्र धराशायी भएको जनाउँदै संघले सरकारले थोपरेको करले व्यवसाय सञ्चालन गर्न नसक्ने निष्कर्ष निकालेको जानकारी गराए।

प्रकाशित: १७ माघ २०८० ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App