१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राम मन्दिरमा चाँदीको झाडु, ६ दिनमा १९ लाखले गरे दर्शन

भारत अयोध्यास्थित राम मन्दिरमा चाँदीको झाडु प्रयोग हुने भएको छ। दानमा दिइएको चाँदीको झाडू अबदेखि मन्दिरको गर्भ गृहमा प्रयोग हुने भएको हो। 

अखिल भारतीय माग समाजले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई चाँदीको झाडू दान गरेको हो। उक्त झाडू १ हजार ७५१ किलोग्रामको रहेको बताइएको छ।

यसैबीच, मन्दिरको उद्घाटन भएको ६ दिनसम्म करिब १९ लाखले दर्शन गरेका छन्।

गत २२ जनवरीका दिन मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न पछि २३ जनवरीदेखि मन्दिरको मुख्यद्वार सर्वसाधारणका लागि खोलिएको थियो। बितेका ६ दिनमा १९ लाखको हाराहारीमा भक्तजनले भगवान रामको दर्शन गरेको ट्रस्टले बताएको छ।

ट्रस्टका अनुसार प्रत्येक दिन २ लाखभन्दा बढीको सङ्ख्यामा श्रद्धालुहरू भगवान रामको दर्शनका लागि अयोध्या पुग्ने गरेका छन्।

राममय बनेको अयोध्यामा विशेष पूजा, आरती लगायतको व्यवस्था गरिएको छ। भारतसहित नेपाल र अन्य मुलुकबाट पनि भक्तजनहरू भगवान रामको दर्शनका लागि अयोध्या पुग्ने गरेका छन्।

प्रकाशित: १५ माघ २०८० ०८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App