१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

२३ दिनको बच्चा लिएर माइत हिँडेकी महिला मृत भेटिइन्

२३ दिनको बच्चा लिएर माइत हिँडेकी एकजना महिला मृत भेटिएकी छिन्। पाँचथरको याङ्वरक गाउँपालिका वडा नं. ६ नागीबाट ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं २ फुलवारीतर्फ गएकी यमुना भूर्तेल चापागाइँ मृत भेटिएकी हुन्। उनीसँगै रहेको बच्चाको अवस्था भने अज्ञात छ। तमोर नदी किनारको मित्ला पुल नजिकै ज्याकेट, झोला र मोबाइल भेटिएको स्थानीयले बताएका छन्।  

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूले महिला मृत भेटिएको र बच्चाको अवस्था अहिलेसम्म थाह हुन नसकेको बताए।  

प्रहरी निरीक्षकको नेतृत्वमा घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको र स्थानीय बासिन्दा तथा प्रहरी टोलीले बच्चाको खोजी कार्य जारी राखेको उनले बताए।  

घटनाबारे अनुसन्धान सुरु भएको पनि उनले बताए।

प्रकाशित: १५ माघ २०८० ०५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App