७ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

चितवनमा बोलेरोको ठक्करबाट बुवाको मृत्यु, छोरी गम्भीर घाइते

चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-१६ स्थित शिवघाटमा शरणपुरबाट नारायणघाट तर्फ आउँदै गरेको बा.प्र.०३-००१ च ११९७ को नम्बरको बोलेरोले  हिजो साँझ साढे सात बजे बा.प्र.०३-००३प ८६२४ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा भरतपुर १६का ४१ वर्षीय मधुसुधन खत्री रहेका छन्।

बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

यस्तै मोटरसाइकलको पछाडि सवार उनकी १५ वर्षीया छोरी गम्भीर घाइते छन्। उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए। उनको दुवै खुट्टामा गहिरो चोट लागेको छ। तर अहिले सुधारोन्मुख रहेको उनले जानकारी दिए।

अहिले दुवै सवारी साधन र बोलेरो चालक नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित: १४ माघ २०८० ०७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App