२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

दुई सातामा दुई बालिका बलात्कृत

महेन्द्रनगर – कञ्चनपुरमा दुई साताभित्र दुई बालिका बलात्कृत भएका छन्।

फागुन ३ गते कृष्णपुरमा १३ बर्षिया एक बालिका बलात्कृत भईन्। त्यसको तेस्रो दिन पुर्नवासमा चार बर्षीया बालिका बलात्कृत भएको घटना सामुन्ने आएको छ।

कृष्णपुरकी १३ बर्षिय बालिका विद्यालय गईरहेको अवस्थामा बलात्कृत भएकी हुन् भने पुर्नवासकी चार बर्षिया बालिका ओछ्यानमै सुतेको अवस्थामा बलात्कृत भएको प्रहरीले जनाएको छ।

कञ्चनपुर प्रहरीले दुवै घटनाका आरोपीलाई पक्राउ गरि कार्वाही अघि बढाएको जनाएको छ। घटनाका आरोपीलाई पक्राउ गरि मुलुकी ऐन वमोजिम जबरजस्ती करणी अन्र्तरगत मुद्दा दायर गरेर कार्वाही प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिल्लीराज विष्टले बताए।

घटनाको खबर आउनासाथ दोषिको खोजविन गरि कार्वाही प्रकृया अघि बढिसकेको उनले बताए। उनका अनुसार दुबै बालिकाको सेती अञ्चल अस्पतालमा उपचार पछि घरमै छन्। 

हजुरआमासंग सुतेकी चार बर्षिया बालिकालाई पुर्नवास नगरपालिका–८ (क) गाउँका ३६ बर्षिय भीमबहादुर श्रीमालले जकरजस्ती करणी गरेको हुन। फागुन ६ गते राति १ बजेको समयमा श्रीमालले बालिकालाई जबरजस्तीकरणी गरेर पुनः बालिका सुतेकै स्थानमा राखेर भागेको प्रहरीले जनाएको छ।

पीडित परिवारले ईलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीमा किटानी जाहेरी दिएको छ। श्रीमालको घर जाने बाटोमा पीडित बालिकाको घर पर्छ। पीडित बालिकाको यौनाङ्ग सुनिएको छ। प्रहरी उपरीक्षक विष्टले अभियुक्त श्रीमाल पुर्नवास नगरपालिका (ख) गाउँमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेका बताए।

श्रीमालले प्रहरी समक्ष जबरजस्तीकरणी गरेको स्वीकार गरेका छन्।

प्रकाशित: १४ फाल्गुन २०७४ १०:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App