२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै डा. केसीकाे प्रदर्शन

माइतीघरको निषेधाज्ञा फिर्ता गर्नुपर्नेसहितका माग गर्दै डा. गोविन्द केसी लगायतको टोली प्रदर्शन गरेका छन्।

बुधबार राजधानीको माइतीघरमा डा. केसी, वरिष्ठ पत्रकार नारायण वाग्ले लगायतका अन्य केही युवाले विभिन्न माग राख्दै प्रदर्शन गरेका हुन्।

विगतमा भएका सहमति पालना गनुपर्ने, माइतीघरको निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पुर्‍याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरूको नियुक्ति अगाडि बढाउनुपर्ने माग उनले अघि सारेका छन्।

आफूसँग यसअघि सरकारले गरेका सम्झौताहरू पनि कार्यान्वयन गर्न माग गरेका हुन्।

सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्‍याउनु पर्ने लगायत उनको माग छ।

तस्बिरहरु: राजिव खत्री/नागरिक

प्रकाशित: ३ माघ २०८० १२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App