१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

राष्ट्रियसभामा मनोनीत गर्न यौनिक तथा लैङ्गिक समुदायको माग

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवारी नभएको भन्दै एक जनालाई मनोनीत गर्न माग गरेका छन्।

समुदायको सङ्गठन मायाको पहिचान नेपालले राष्ट्रियसभामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका एक सदस्यलाई मनोनीत गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग माग गरेका हुन्।

राष्ट्रियसभामा रिक्त १९ सदस्य चयन गर्न ११ माघमा चुनाव हुँदैछ। आठ वटा राजनीतिक दलबाट १९ सदस्यका लागि ५१ जनाको उम्मेदवारी परेको छ। तर, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबाट उम्मेदवार बनाइएको छैन। 

कुनै पनि राजनीतिक दलले आफ्नो समुदायबाट उम्मेदवार नबनाएको भन्दै मनोनीत गर्न माग गरेका हुन्। सबै समुदायको राष्ट्रियसभामा प्रतिनिधित्व भए पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुन नसकेको उनीहरूको गुनासो छ।

उक्त समुदायले सङ्गठित रूपमै अभियान सुरु गरेको २३ वर्ष भइसक्दा पनि राज्यका निकायमा समुदायको प्रतिनिधित्वका लागि दबाब पुग्न नसकेको उनीहरूको निष्कर्ष छ।

पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशन सुनिलबाबु पन्तले राष्ट्रियसभामा कमसेकम एक जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउन राष्ट्रपतिसँग माग गरेका हुन्। राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा एक जना मनोनीत गर्न पाउने संवैधानिक व्यवस्था छ । ‘राष्ट्रियसभामा हाम्रो समुदायबाट एक जना भए पनि लैजान माग गरेका छौँ’ पन्तको भनाई छ।

प्रकाशित: २ माघ २०८० ०८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App