२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सशस्त्र प्रहरी निरीक्षक सुसान्त थापालाई 'कारबाही'

गृह मन्त्रालयले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सुसान्त थापालाई विभागीय कारबाही गर्नका लागि सूचना जारी गरेको छ। मन्त्रालयको पुस २६ गतेको सचिवस्तरीय निर्णयबाट उनलाई कारबाही गर्न लागिएको हो।

मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिदा स्वीकृत नगराई बिना सूचना लामो समयसम्म अनुपस्थित रहेकाले ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउन’ लागेको जानकारी दिएको छ।

थापा सशस्त्र प्रहरी बल, नेपाल नं.११ गण हे.क्वा. रौतहट दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, मानव श्रोत विभागमा कार्यरत छन्।

मन्त्रालयले थापाले २०८०/०८/२१ गतेदेखि बिदा स्वीकृत नगराई बिना सूचना लामो समयसम्म अनुपस्थित रहेको जनाएको छ।  ‘सम्पर्क स्थापित गर्न नसकिएको र तपाईँले पदीय जिम्मेवारी एवं आचरण विपरीतको कार्य गरेको देखिएको हुँदा तपाईँलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) ‘बिदा स्वीकृत नगराई लगातार पन्ध्र दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ अनुसारको कसूरमा ऐ. नियमावलीको नियम ११० को खण्ड (ख) (१) बमोजिम...... विभागीय कारबाही गर्न लागिएको व्यहोरा सूचित गरिन्छ’, सूचनामा भनिएको छ।

मन्त्रालयले विभागीय सजाय गर्नु नपर्ने कुनै मनासिब कारण भए बाटोको म्यादबाहेक यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कारणसहित सफाइ पेस गर्न आदेश दिएको छ।

प्रकाशित: २ माघ २०८० ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App