१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

इनारमा खसेकी महिला सकुशल, विपत उद्धार टोली घटनास्थलमा

ललितपुरको इमाडोलमा इनारमा खसेकी महिला सकुशल रहेको ललितपुर प्रहरीले जनाएको छ।

‘इनार खस्नुभएकी महिला सकुशल हुनुहुन्छ। उहाँलाई उद्दार गर्न स्थानिय प्रहरीले नसकेपछि विपतको टिम आएको छ। उद्दार जारी छ’, सातदोबाटो प्रहरी वृत्तका प्रमुख डिएसपी उमेश जोशीले नागरिकन्यूजसँ भने। उनका अनुसार इनारमा खसेकी महिलाले उद्दार टोलीसँग कुरा गरिरहेकी छिन्।

डिएसपी जोशीले स्थानिय प्रहरी टोलीले उद्दार गर्न नसकेपछि विपतको उद्दार टोली आएको र त्यही टोलीले उद्धारको प्रयास गरिरहेको जानकारी दिए।

दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ बर्सिया न्युटन प्रधान आज बिहान इनारमा खसेकी हुन्।

बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन्। इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी प्रहरीले जनाएको छ। उद्धारका लागि सुरुमा सातदोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशी नेतृत्वको टोली खटिएको छ।

प्रकाशित: १ माघ २०८० ०६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App