६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
समाज

आरती साहको परिवारसहित तीन जना पक्राउ

तस्बिर: राजिव खत्री/नागरिक।

राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका आरती साहको परिवारसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार ललितपुरको पुलचोकस्थित राष्ट्रिय मानव अधिकार आयोगमा पुगेका उनीहरुलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा आरतीका दाजु प्रेम साह, अभियन्ता जस्मिन ओझा र रविना श्रेष्ठ रहेका छन्।

मानव अधिकार आयोगले उक्त ध्यानाकर्षण पत्र लिन नमानेको आरती साहको परिवारले जनाएकाे छ। उनीहरु विगत लामो समयदेखि न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।

हेर्नुहाेस् तस्बिरहरु :  राजिव खत्री/नागरिक

प्रकाशित: २३ पुस २०८० १४:०४ सोमबार