२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पाथीभरा पदमार्गका साइनबोर्ड हटाउन निर्देशन

संरक्षित बोट बिरुवालाई असर गर्ने तथा प्राकृतिक सौन्दर्यता समेत बिग्रने ठहर गर्दै पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङको पाथीभरा क्षेत्रको पदमार्गमा राखिएका साइनबोर्डहरू हटाउन १५ दिनको म्याद दिएको छ।

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङले पाथीभरा क्षेत्रका पदमार्ग राखिएका साइनबोर्डहरू हटाउन माघ ७ भित्र हटाई सक्न आग्रह गरेका हुन्।

उनले सो अवधि सम्ममा साइनबोर्ड नहटाए प्राकृतिक वातावरणको संरक्षणका लागि क्षेत्र विकास समिति आफैंले आवश्यक कदम चाल्ने समेत चेतावनी दिएका छन्। त्यो भनेको जस–जसले पाथीभरा पदमार्गमा साइनबोर्ड राखेको छ,माघ ७ गते भित्र उसैले त्यहाँबाट हटाउनुपर्ने अन्यथा पाथीभरा क्षेत्र विकास समितिले हटाउने भन्ने रहेको क्षेत्र विकास समितिले जनाएको छ। पाथीभरा पदमार्गका विभिन्न स्थानहरूमा रहेका बोटबिरुवा समेतमा काँटी ठोकेर साइनबोर्ड राखिएको छ।

यस्तो कार्यले संरक्षित बोट बिरुवामा नकारात्मक असर गर्ने क्षेत्र विकास समितिको बुझाई रहेको छ। यस्ता कार्यले वातावरणीय असर समेत गर्ने तथा पाथीभरा क्षेत्रको सौन्दर्य समेत बिग्रने भएकोले यस्तो कदम चाल्न बाध्य भएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे बताउँछन्। पाथीभरा क्षेत्रको वनमा लालीगुराँस, लौठसल्ला, चाप, चिमाल, च्याङ्ग्रे सल्लाजस्ता रुख तथा बोटबिरुवा छन्। प्राकृतिक वन्यजीव तथा संरक्षित बोटबिरुवाहरूको संरक्षण र पाथीभरा क्षेत्रको प्राकृतिक सौन्दर्यता कायम राख्न विगत समय देखि नै यस्ता साइनबोर्डहरू पदमार्गबाट हटाउनुपर्ने आवाज जनस्तरबाट समेत उठ्ने गरेको थियो। क्षेत्र विकास समितिले आफूहरूले राखेका साइनबोर्डहरू हटाउन सम्बन्धित व्यक्तिलाई १५ दिनको म्याद दिएको हो। 

प्रकाशित: २३ पुस २०८० ०८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App