२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बैतडीको एक घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षति

बैतडीको डिलासैनी गाउँपालिका–६ थलाल गाउँका पुष्कर थलालको घरमा आगलागी हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।

शनिबार साँझ साढे ६ बजेतिर विद्युत्को तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निरीक्षक खेमविक्रम केसीले बताए।

थलालको दुई तले चार कोठे कच्ची घरमा आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँ १ तोला आठ आना सुन जलेर नष्ट भएको छ। यस्तै घरभित्र रहेका ३५ हजार बराबरका कपडा जलेका छन् भने खाद्यान्न सामग्री समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट मानवीय क्षति नभए पनि घरको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरी निरीक्षक केसीले बताए। घरमा लागेको आगो स्थानीय र प्रहरीको टोली साँझ साढे सात बजेतिर नियन्त्रणमा लिएको बताइएको छ।

प्रकाशित: २१ पुस २०८० १६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App