२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपालगन्जको एक पानी उद्योग सिल

नेपालगन्जको एउटा पानी उद्योग सिल गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ नेतृत्वको अनुगमन टोलीले नेपालगन्ज–५ मा सञ्चालित गोल्डेन प्रशोधित पिउने पानी उद्योग बुधबार सिल गरेको हो।

उक्त पानी उद्योगले पानी उत्पादनको अनुज्ञा पत्र नलिई उत्पादन तथा बिक्री वितरण गरेकाले सिल गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाए। उनका अनुसार यस उद्योगलाई ५० हजार रुपैयाँसमेत जरिवाना गरिएको छ। यहाँ उत्पादित पानीका २६ वटा जार पनि बिक्री गर्न रोक लगाइएको उनको भनाइ छ।

योसँगै उक्त अनुगमन टोलीले नेपालगन्ज–५ म रहेको रारा ड्रिंकिङ वाटरको पनि अनुगमन गरेको छ। यसभन्दा अघि अनुगमन गर्दा उक्त टोलीले दिएको निर्देशन पालना नगरेकाले पालना कार्यान्वयन नगर्नुको कारणसहित प्रशासनमा उपस्थित हुन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जनाए।

उपभोक्ताबाट गुनासो आएपछि यी दुई पानी उद्योग अनुगमन गरिएको प्रशासनले जनाएको छ।

प्रकाशित: १८ पुस २०८० १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App