१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

डा.ढकाल हानी-नोक्सानी कोषको सञ्चालक समितिमा

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) अन्तर्गतको हानी र नोक्सानी कोषको सञ्चालक समितिमा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.महेश्वर ढकाल  चयन भएका छन्।

हालै दुबईमा सम्पन्न संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप २८) ले कार्यान्वयनमा ल्याएको यो कोषको संचालक समितिको वैकल्पिक सदस्यमा डा. ढकाल चयन भएका हुन्।

विकसित राष्ट्रका १२ जना सहित अन्य क्षेत्र र समूहका प्रतिनिधि सहित  यो कोषको संचालक समितिमा कुल २६ जना सदस्य रहने प्रावधान छ। हरेक सञ्चालक समिति सदस्यको लागि एक वैकल्पिक सदस्य रहने व्यवस्था गरिए अनुसार  सहसचिव डा ढकालले अति कम विकसित राष्ट्रहरूको समूह (एलडीसी) बाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यको वैकल्पिक सदस्यको रुपमा काम गर्नेछन्।

सञ्चालक समितिको बैठकमा मतदान गर्ने अधिकार नभए तापनि मुख्य सदस्य मार्फत वैकल्पिक सदस्यले संचालक समितिको बैठकमा भाग लिन पाउने छन्। सञ्चालक समितिको पूर्ण तथा आंशिक बैठकमा संचालक समितिका कुनै  सदस्य अनुपस्थित भएको अवस्थामा वैकल्पिक सदस्यले समितिको सदस्यको रुपमा बैठकमा भाग लिन पाउने व्यवस्था छ।

डा.ढकालले समितिको बैठकमा हुने छलफल तथा निर्णय प्रक्रियामा नेपाल सहभागी हुन पाउनु  उपलब्धिको विषय भनेका छन्। यसै गरी सञ्चालक समिति बैठकमा नेपालको प्रतिनिधित्व हुँदा यो कोषबाट नेपालले कसरी  अत्यधिक फाइदा लिन सक्छ भन्नेमा आन्तरिक तयारी गर्न पनि सहयोग पुग्ने नवनियुक्त सदस्य डा ढकाल बत्ताउँछन्।

कोप २८ को पहिलो दिनमै संचालनको घोषणा गरिएको यो कोषमा हालसम्म विभिन्न राष्ट्रले कुल ७० करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: १८ पुस २०८० १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App