७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

९ जना कानुन व्यवसायीसहित ३९ जना न्यायाधीश नियुक्त

न्याय परिषदको वैठकले उच्च अदालतका रिक्त रहेका ३९ जना न्यायाधीश नियुक्ति गरेको छ। सातै प्रदेशमा रहेका उच्च अदालतका लागि न्यायाधीश नियुक्ति गरिएको हो।

न्याय परिषदका अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बुधबार बसेको बैठकले न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो।

३९ जनामध्ये ९ जना कानुन व्यवसायीबाट न्यायाधीश नियुक्ति गरिएको छ। लामो समयदेखि सर्वोच्च, उच्च अदालतमा न्यायाधीशको पद खाली हुँदै गैरहेको थियो। सर्वोच्च अदालतमा अझै १ जना न्यायाधीश नियुक्तिको सिफारिस गर्न बाँकी रहेको छ।

त्यसैगरी बैठकले १६ जना उच्च अदालतका न्यायाधीशहरुको सरुवा गरिएको छ।

प्रकाशित: १८ पुस २०८० ०८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App