१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

रुकुमका २१ वर्षीय युवाले आविष्कार गरे घरमा चोर पसेको सूचना दिने यन्त्र

रुकुम – सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन्। 

जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा कोही प्रवेश ग-यो भने थाहा पाउने सेक्युरिटी सिस्टम नामको यन्त्र आविष्कार गरेका हुन्। 

हाल दाङको पद्मोदय नमूना माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले यस्तो यन्त्र आविष्कार गरेपछि जिल्लामा उनको निकै चर्चा चलिरहेको छ। ओलीले योसँगै अन्य विभिन्न ३० वटा उपकरण पनि बनाएको बताएका छन्। 

उनले बनाएका केही उपकरण बिक्रीका लागिसमेत बजारमा आइसकेका छन्। ‘मैले बनाएको सबैभन्दा राम्रो उपकरण सेक्युरिटी सिस्टम हो, २१ वर्षे ओलीले भने, ‘यसमा पहिले नै मोबाइल नम्बर सेट गरिएको हुन्छ, कोठामा कोही प्रवेश गऔयो भने मोसन र हिटका आधारमा मेसिनले जुन व्यक्तिको फोन नम्बर सेट गरिएको हुन्छ, त्यसमा फोन गर्छ।’ 

सम्बन्धित व्यक्तिले फोन उठाएपछि कोठाभित्र भइरहेको गतिविधिको आवाजसमेत सुन्न सकिने उनले बताए। रातिको समयमा पसल, घर, कार्यालयलगायतका ठाउँमा हुने चोरीको सूचना दिन यो उपकरण सहयोगी बन्ने विश्वाससहित आफूले उपकरण तयार पारेको ओलीको भनाइ छ। यसलाई थप व्यवस्थित बनाउन निरन्तर मेहनत गरिरहेको उनले बताए। रासस 

प्रकाशित: २५ माघ २०७४ ११:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App