२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चुरे उत्खननको सिफारिस दिने वडा अध्यक्ष पक्राउ

फाइल।

चुरे तथा वन क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा उत्खननमा ऐन, कानुन विपरीत सिफारिस गरेको आरोपमा शुक्रबार साँझ एक वडा अध्यक्ष पक्राउ परेका छन्।

डिभिजन वन कार्यालय लहानले सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ का अध्यक्ष फणीन्द्र प्रसाद पोख्रेललाई पक्राउ गरेको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए।

गत पुस ७ गते कर्जन्हा नगरपालिका वडा नं. १ बल्टिया स्थित चुरे वन क्षेत्र भित्रको कमला नदीको बगरमा एक्स्काभेटर प्रयोग गरी अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्यमा ऐन, कानून विपरीत सिफारिस गरि सहयोग गरेको प्रमाण भेटिएपछि वनले वडा अध्यक्ष पोखरेललाई पक्राउ गरेको हो।

अध्यक्ष पोखरेललाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय लहानको हिरासतमा राखिएको सूचना अधिकारी चौधरीले बताए। 

यसै मुद्दामा बिहीबार डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका-७ स्थित कमला नदी किनारमा कम्लेश्वरी कमला क्रसरका सञ्चालक मोहम्मद खलिल राइनलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ।

पुस ७ गते वन क्षेत्रमा पर्ने कमला नदी किनारबाट उत्खनन गरिरहेको अवस्थामा एक थान एक्स्काभेटरसहित चालक प्रदीपकुमार दर्लामी र स्थानीय ठेकेदार नीरज बस्नेतलाई नियन्त्रणमा लिइएको थियो।

नियन्त्रणमा लिइएकाहरूलाई डिभिजन वन कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको चौधरीले बताए।

प्रकाशित: १३ पुस २०८० १७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App