२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बालकुमारी झडपमा मृत्यु हुने दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको छ।

शुक्रवार ललतिपुरको बालकुमारीमा भएको बिरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए।

उनका अनुसार आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका क्रममा निधन भएको छ। निधन हुनेहरुमा सुर्खेतका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको उनले बताए। प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए।

प्रकाशित: १३ पुस २०८० ०९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App