नागरिककर्मी कृष्ण किसी सम्मानित भएका छन्। मंगलबार ज्यापु संस्कृति विकास कोषले आयोजना गरेको २० औं राष्ट्रिय ज्यापु दिवस समारोह ११४४ को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल उनलाई सम्मान गरे।
राजधानीको वसन्तपुरमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री दाहालले किसीलाई नगद दश हजार सहित सम्मान गरेको हुन्। उनलाई ज्यापु युवा प्रतिभा (सञ्चार) बाट पुरस्कृत गरिएको हो।
समारोहमा उनीसहित अन्य विभिन्न विधाहरूमा योगदान गरेकाहरूलाई पनि सम्मान गरिएको थियो।
प्रकाशित: १० पुस २०८० ०९:३२ मंगलबार