७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

नारायणी नदीबाट हाम फालेकी महिलाको उपचारको क्रममा मृत्यु

फाइल।

नारायणी नदीको पुलबाट हाम फालेकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

सोमबार बिहान ७:५५ को समयमा अन्दाजी ४० वर्षीय महिलाले पुलबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए छ। ती महिलाको अझै पहिचान खुल्न सकेको छैन।

पुलबाट हाम फालेको सूचना पाउना साथ विपद सहितको टोलीले तत्काल उद्दार गरि उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाइएको थियो।

बोल्न नसक्ने अवस्था रहेकी ती महिलालाई चिकित्सकले ९:१० बजेको समयमा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी विजय राज पण्डितले जानकारी दिए।

उनको शव सरकारी अस्पतालको शव गृहमा राखिएको छ।

प्रकाशित: ९ पुस २०८० १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App