१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

मोटरसाइकल दुर्घटनापछि अवरुद्ध बिपी राजमार्ग अपराह्न एक बजेदेखि सञ्चालनमा आएको छ। सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आजगजी गर्नुका साथै यातायात अवरुद्ध भएको थियो।

मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो।

आज बिहान रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनास्थलमै मृत्यु भएको थियो।

त्यसैगरी सो मोटरसाइकल चालक खोटाङ जिल्ला तुवाचुङ नगरपालिका २ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। –रासस 

प्रकाशित: ९ पुस २०८० ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App