१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

रुकुम पश्चिममा सशस्त्रले बनायो १६ अस्थायी टहरा

सशस्त्र प्रहरी बल नेपालले पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि हाल सम्म १६ वटा अस्थायी टहरा निर्माण गरेको छ। जस अन्तर्गत चौरजहारी नगरपालिकामा ९ र त्रिवेणी गाउँपालिकामा ७ वटा निर्माण गरिएका छन्।

विशेष गरि एकल महिला, अपाङ्गता भएका, वृद्ध अवस्थाका, बिरामी, विपन्न र सुत्केरीको वर्ग लक्षित गरी अस्थायी आवास निर्माण गरिएको हो।

सो अनुसार एकल महिलाको लागि ५, अपाङ्गता भएकाको ४, वृद्ध अवस्थाको ३, बिरामीको ३ र विपन्न तथा सुत्केरीको लागि १-१ वटा अस्थायी आवास निर्माण सम्पन्न भएका सशस्त्र प्रहरी बलका सह प्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

अस्थायी आवास निर्माणका लागि गत मंसिर २८ गते बाट सशस्त्र प्रहरी बलको फौज चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा अस्थायी रुपमा बस्ने गरि तैनाथ गरिएको छ।

यसका साथै जिल्लाको आठबीसकोट नगरपालिका र सानिभेरी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि छिटै फौज परिचालन गरिने सह प्रवक्ता थापाले बताए।

यसैगरी मुसिकोट नगरपालिकामा समेत स्थानीय जनप्रतिनिधि र जिल्ला विपद् व्यवस्थापन समितिसँगको आवश्यक समन्वयमा अस्थायी आवास निर्माणमा भूकम्प पीडितको पहिचान गरि फौज परिचालन गर्ने योजना रहेको उनले सुनाए।

यता भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पनि आश्रित गुल्म जाजरकोटले अस्थायी पाल जडान गर्ने, भत्किएका विद्यालय तथा स्थानीयको घरको भग्नावशेष हटाउने तथा चर्किएको घरहरू भत्काउने कार्यलाई तीव्रता दिएको समेत सह प्रवक्ता थापाले बताए। जस अन्तर्गत डिजास्टर रिलिफ सिस्टम १० सहित ८५ वटा पाल जडान गरिएका छन्।

यस्तै भेरी नगरपालिकामा १ सय, नलगाड नगरपालिकामा १ सय १८,र कुशे गाउँपालिकामा २५ स्थानका भग्नावशेष हटाइएका छन्। चर्किएका ८ वटा घर समेत भत्काइएको छ।

प्रकाशित: ७ पुस २०८० १३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App