२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन सडक खण्ड आज देखि ४ घण्टा बन्द

फाइल तस्बिर

नारायणगढ /मुग्लिन सडक खण्डमा आज (शनिबार)देखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ। यस सडक खण्ड अन्तर्गत पर्ने तुइन खोलामा पुल निर्माणका लागि भित्तो काट्न सवारीआवागमन बन्द गरिएको हो।

पुस २८ गतेसम्म हरेक दिन बिहान १२ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरेर काम गरिने नाग ढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले जानकारी दिएको छ।

नारायणगढबाट मुस्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्र किलो बजारदेखि जुगेडीसम्म रोकिने छन् भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिनेछन्।

यसैगरी, काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ।पोखराबाट आउने यात्रुवाहक सवारीसाधन बेनीटारदेखि पावर हाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ।

सो सडकका १९ वटा पुलमध्ये चार वटा चार वर्षअघि निर्माण भएका हुन् भने बाँकी १५ पुलको काम एकैसाथ थालिएको थियो।

यस स्थानमा अघिल्लो वर्ष पनि दुई महिना सडक बन्द नै गरेर भित्तो काट्ने काम गरिएको थियो। सम्भव नभएपछि त्यतिकै बिचमा छोडिएको थियो।अहिले नयाँ प्रविधिबाट भित्तो काट्न लागिएको आयोजनाले जानकारी दिएको छ।

प्रकाशित: ७ पुस २०८० ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App