१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अग्नी पीडितलाई साउदीबाट सहयोग

खोटाङ – आगलागीमा परी बिचल्नीमा परेका खोटाङका एक अग्नी पीडित परिवारलाई साउदी अरबबाट ३० हजार आर्थिक सहयोग प्राप्त भएको छ। गत मंसिर २८ गते भएको आगलागीमा परी बिचल्नीमा परेका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईका परिवारलाई माओवादी केन्द्र निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च साउदीअरबले ३० हजार ९२३ रुपैयाँ आर्थिक सहयोग गरेको हो।

साउदीमा रहेर संगठनमा क्रियासिल युवराज कटुवाल, भक्त कार्की र हरि बुढाथोकीको पहलमा संकलन गरिएको रकम पीडित परिवारलाई सोमबार प्रदान गरिएको हो। प्रवासबाट प्राप्त भएको रकम माओबादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती १ नम्बर प्रदेश संयोजक गणेश कार्कीले मित्रमानकी श्रीमती सरिता राईलाई हस्तान्तरण गरेका हुन्।

आगलागीमा घर तथा बन्दोबस्तीका सामान गुमाएका पिडितको पुनर्स्थापना एबं सहज जीवनयापनका लागि अग्नी पीडितलाई यसअघि हङकङ, मलेसिया, काठ्माडौं लगायतका स्थानमा सञ्चालन गरिएको ८१ हजार ६० रुपैयाँ प्रदान गरिसकिएको छ।

आगलागीमा राईको १६ लाख ४८ हजार बराबरको धनमाल नष्ट भएको थियो। आगोले तीन तले घर, घरभित्र भएका धनमाल, १४ चौपाय लगायत जलेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ माघ २०७४ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App