१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

धनगढी उपमहानगरले ल्यायो ‘आगो निभाउने मोटरसाइकल’ (भिडियोसहित)

सुदूरपश्चिमको धनगढी उपमहानगरपालिकाले आगलागी भएको बेला उपयोगी हुने गरी फायर बाइक (आगो निभाउने मोटरसाइकल) ल्याएको छ।

उपमहानगरपालिकाका मेयर गोपाल हमालले साँघुरो बाटो जहाँ दमकल नछिर्ने ठाउँमा उपयोगी हुने गरी फायर बाइक ल्याएको बताएका छन्।

धनगढीमा साँगुरो गल्ली भएको र दमकल नछिर्ने ठाउँमा पहिले बाइक गएपछि दमकल टाढै राखेर आगो निभाउन मद्दत पुग्ने भएकाले फायर बाइक ल्याएको बताएका छन्।

मेयर हमालले आगो लागेको थाहा पाउने बित्तिकै सुरुमा दुई वटा मोटरसाइकल तत्काल पठाएर निभाउने प्रयाससहित तयारी गर्न सहयोग पुग्ने बताएका छन्।

यो आगो निभाउने प्रयोग हुने मोटरसाइकल काठमाडौं उपत्यकाका लागि पनि निकै उपयोगी हुने देखिन्छ। साँगुरा गल्लीका कारण सबै ठाउँमा दमकल पुग्न सक्दैन। आगोलागीका घटना हुने बित्तिकै दमकल पुगेर आवश्यक तयारीसहित आगो निभाउने सहयोग पुग्ने देखिन्छ।

मोटरसाइकलमा आगो निभाउने उपकरणसमेत राखिएको छ। साथसाथै लामो पाइप पनि जोडिएको छ। जुन पाइप आगो लागेको स्थानबाट दमकल पुग्ने ठाउँसम्म पुराउन सकिन्छ। यस्ता खालका काम अन्य पालिकालाई पनि उपयोगी हुन सक्छ।

प्रकाशित: ४ पुस २०८० १०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App