१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बलात्कार पछि हत्या गरेका दुई जनालाई जन्मकैद

१८ महिने बालिकालाई सामूहिक बलात्कार पछि हत्या गरेको आरोपमा दुई जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला गरेको छ। 

जिल्ला अदालत मोरङका न्यायाधिश दुर्गाप्रसाद ढुङ्गेलको पुस २ गतेको इजलासले सुन्दरहरैंचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र उनका २८ वर्षीय दाजु मिथुन चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीले बताए।

चौधरी दाजुभाईले सुन्दरहरैंचा नगरपालिका–७ की १८ महिने बालिकालाई २०७८ फागुन २७ गते अपहरण पश्चात् सामूहिक बलात्कारपछि हत्या गरेका थिए। फागुन २७ गते साँझ आँगनमा खेलिरहेकी बालिकालाई अपहरण गरी घरदेखि डेढ सय मिटर टाढा गछिया खोलाको झाडीमा लगी बलात्कार पश्चात् बियरको बोतल र ढुङ्गाले हिर्काएर बालिकालाई अचेत अवस्थामा छाडेका थिए।

बालिकाको उपचारको क्रममा फागुन २७ गते राती विराटनगर स्थित नोबेल मेडिकल अस्पतालमा मृत्यु भएको थियो।आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालत मोरङमा चैत २१ अपहरण, बलात्कार र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको थियो। 

प्रकाशित: ४ पुस २०८० ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App